२०८० असोज ५ गते | 22nd of September 2023

संसद बैठकमा एमालेले विरोध जारी

संसद बैठकमा एमालेले विरोध जारी
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ८:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ ।

सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

मंगलबार संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका हुन् ।

बैठकमा अध्यक्ष ओलीले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका थिए ।

अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईका अनुसार, ‘सभामुखले पार्टीलाई विभेद गर्नुभएको छ । यो अन्याय एमालेले सहनुहुँदैन, सोही कारण हामीले प्रतिवाद गरेका हौ । कुनैपनि हालतमा सभामुख सच्चिनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *