२०८० असोज १२ गते | 29th of September 2023

विमलेन्द्रको साथ देउवालाई, विज्ञप्तिनै निकालेर मागे भोट

विमलेन्द्रको साथ देउवालाई, विज्ञप्तिनै निकालेर मागे भोट
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ९:११

काठमाडौं । दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले मतदान गर्न अपील गरेका छन् ।

मंगलबार एक विज्ञप्तिमार्फत दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।

आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुसँग देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।

उनले देउवाको आग्रहलाई स्वीकार्दै आफूले समर्थन गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सोमबार भएको मतदानमा आफूलाई मत दिने सबै महाधिवेशन प्रतिनिधिमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *