काठमाडौं । नेपाली काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा पनि शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
उनले एक भिडियो सम्बोधनमार्फत दोस्रो चरणको चुनावमा आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।
उनले बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।
प्रतिक्रिया