२०८० असोज १२ गते | 29th of September 2023

सभापतिमा आफूलाई सघाउन शशांकसँग देउवाको आग्रह

सभापतिमा आफूलाई सघाउन शशांकसँग देउवाको आग्रह
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ९:५९

काठमाडौं । नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

मंगलबार देउवाको आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा देउवाले सभापतिमा आफूलाई सघाउन आग्रह समेत गरेका थिए ।

तर, शशांकले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीलाई मिलाएर लैजान देउवालाई आग्रह गरेका थिए ।

शशांकका स्वकीय सचिव भरत तिवारीले देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू एकताको पक्षमा रहेकाले कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेर बालुवाटारबाट फर्किएको ताएका छन् ।

आजै देउवा र शेखर कोइरालाबीच सभापतिमा दोस्रो चरणको प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *