बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री, आजै शपथ लिने तयारी

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन जना मन्त्री गरी ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाँईं, बसन्त मानन्धर मन्त्री र इन्द्रमाया गुरुङ राज्यमन्त्री बनेका छन् ।
जसअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ ।
यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् ।
प्रतिक्रिया