काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा जारी छ ।
मतदान भइरहँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् ।
देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् भने शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथमा मत मागिरहेको तस्बिरमा देख्न सकिन्छ ।
प्रतिक्रिया