२०८० असोज ७ गते | 24th of September 2023

प्रचण्ड र माकुने अस्थिरता मच्चाउने तत्वहरु हुन्ः ओली

प्रचण्ड र माकुने अस्थिरता मच्चाउने तत्वहरु हुन्ः ओली
Sanchar_np प्रकाशित: २०७८ मंसिर २९ गते ८:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक भएको बताएका छन् ।

बुधबार सपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले बताएका हुन् ।

नेपालमा नियन्त्रित अस्थिरता चाहने तत्वहरूसँग उनीहरूको तार जोडिएको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *