२०८० असोज १३ गते | 30th of September 2023

पाकिस्तानको कराँचीमा बम आक्रमण, १३ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा बम आक्रमण, १३ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ पुष ४ गते ९:५७

एजेन्सी । पाकिस्तानको कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । विष्फोटमा १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ ।

अस्पतालको अभिलेखमा १३ शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ ।

विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ। उद्धार टोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ ।

कराँची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *