२०८० असोज १३ गते | 30th of September 2023

ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिएपछि नेदरल्याण्ड्समा पनि लकडाउन

ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिएपछि नेदरल्याण्ड्समा पनि लकडाउन
Sanchar_np प्रकाशित: २०७८ पुष ४ गते १२:३०

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागू गरिने भएको छ ।

नेदल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।

संक्रमणको जेखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु आउँदो जनवरीको मध्यसम्म बन्द लागिएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घरमा पनि दुईजनासम्म मात्र पाहुना आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ ।

प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । नयाँ नियम आइतबारदेखि लागु भएको हो ।

हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *