२०८० असोज ७ गते | 24th of September 2023

प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौः प्रचण्ड

प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौः प्रचण्ड
Sanchar_np प्रकाशित: २०७८ पुष ५ गते १०:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।

गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए ।

‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन’, प्रचण्डको भनाइ छ ।

कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको समेत बताएका छन् ।

वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको भन्दै प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा लड्न प्रेरणा मिलिरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *