२०८० असोज ७ गते | 24th of September 2023

भरतपुर अस्पतालमा तीन वटा डायलासिस मेसिन थप

भरतपुर अस्पतालमा तीन वटा डायलासिस मेसिन थप
Sanchar_np प्रकाशित: २०७८ पुष ६ गते ७:०९

चितवन । भरतपुर अस्पतालले मिर्गौलाको तीन वटा डायलासिस मेसिन थप गरेको छ ।

अस्पतालले मेसिन कम भएपछि तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको बताए ।

उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *