२०८० असोज १२ गते | 29th of September 2023

प्रतिनिस बैठकमा आज पनि रोकिएन एमालेको नाराबाजी

प्रतिनिस बैठकमा आज पनि रोकिएन एमालेको नाराबाजी
Sanchar_np प्रकाशित: २०७८ पुष ७ गते ८:०१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार (आज) पनि प्रतिनिसभा बैठक अवरुद्ध गरेका हुन् ।

यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *