२०८० असोज ५ गते | 22nd of September 2023

बेहुलीलाई पहिलोपटक श्रृंगार बिना देख्दा बेहुला चकित

बेहुलीलाई पहिलोपटक श्रृंगार बिना देख्दा बेहुला चकित
Sanchar_np प्रकाशित: २०७८ पुष ७ गते ८:४२

एजेन्सी । केही कुरा सुन्दा, पढ्दा, हेर्दा अचम्म लाग्छ । पछिल्लो समय डिभोर्स दिने र लिने भन्ने कुरा सामान्यजस्तै भइसक्यो ।

नेपालको डिभोर्सको सन्दर्भलाई लिएर हेर्ने हो भने जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिएको पाइन्छ । त्यो पनि महिलाको तर्फबाट ।

तर एक इजिप्टका एक पुरुषले आफ्नी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् ।

उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।

यी दुईको भेट फेसबुकबाट भएको थियो ।

ती महिलाले फेसबुकमा निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि ।

भेटमा पनि उनी आकर्षक नै देखिइन् । निरन्तरको भेटले उनीहरुलाई झनै नजिक बनायो । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए ।

समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने, ‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्, मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु । मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् ।’

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न खोज्दा पनि बानी पार्न खोनेको तर बानी पार्न नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *