२०८० असोज ७ गते | 24th of September 2023

कांग्रेस महाधिवेशनः सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने

कांग्रेस महाधिवेशनः सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने
Sanchar_np प्रकाशित: २०७८ पुष ८ गते ४:३३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक गरिने भएको छ ।

खस आर्य र जनजाति बाहेक सबै क्लष्टरको मतगणना सम्पन्न भैसकेको छ । दलित क्लष्टरको मतगणना सकिएको छ ।

आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा। शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *