नेपालले दैनिक करिब ६ करोडको तरकारी आयात गर्छ

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।
नेपालले प्रतिमहिना एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरण देखिन्छ ।
यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै तरकारी आयात गरेको देखिन्छ ।
यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ ।
आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । भने दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको तथ्याङ्मा उल्लेख छ ।
यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी, कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ । चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो ।
नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् ।
चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ ।
बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु, पाकिस्तानबाट ८२ हजारको हरियो लसुन, दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ ।
तरकारी आयातमा ठूलो हिस्सा भारतबाट नै देखिन्छ ।
प्रतिक्रिया