२०८० असोज ५ गते | 22nd of September 2023

माओवादी महाधिवेशनको उदघाटन सत्र आजबाट शुरु, ११ राजनीतिक दललाई निम्तो

माओवादी महाधिवेशनको उदघाटन सत्र आजबाट शुरु, ११ राजनीतिक दललाई निम्तो
Sanchar_np प्रकाशित: २०७८ पुष ११ गते ४:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आजदेखि काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय माओवादीले गरेको छ ।

नेपाली काँग्रेस, नेकपा एमालेसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

दिउँसो १ बजे सुरु गर्ने भनिएको उद्घाटन सत्र केही ढिला गरी ३ बजेबाट सुरु गरिने पनि ढकालले बताए ।

प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको छ ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ ।

महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसिएलले विभिन्न स्वागतद्वार बनाएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् ।

१२९ औं माओ जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रचण्डले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसुमदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् ।

यस अवसरमा आइतबार बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *