२०८० असोज १२ गते | 29th of September 2023

माओवादी केन्द्रको बन्दशत्र आज

माओवादी केन्द्रको बन्दशत्र आज
Sanchar_np प्रकाशित: २०७८ पुष १२ गते ४:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दशत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ ।

माओवादीको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दशत्रको बारेमा जानकारी दिनुभएको हो ।

बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन ।

सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।

५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन ।

बन्द शत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

हिजो भएको उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शिर्ष नेताहरु सहभागी भएका थिए ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने गृहजिल्ला झापामा भएकाले महाधिवेशनमा सहभागी भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *