२०८० असोज १२ गते | 29th of September 2023

पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थाले

पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थाले
Sanchar_np प्रकाशित: २०७८ पुष १२ गते ४:५६

सप्तरी । सप्तरीमा पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थालेका छन् ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–५ मा एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशुचौपाया मर्न थालेका हुन् ।

रोगका कारण एक दर्जन पशुचौपाया मरिसकेको स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहले जानकारी दिएका छन् ।

मुखबाट र्‍याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्नेजस्ता लक्षण पशुमा देखिने गरेको छ ।

सिंहका पनि दुईवटा चौपाया मरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *