२०८० चैत १६ गते | 29th of March 2024

अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने

अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने
Sanchar_np प्रकाशित: २०७८ माघ २३ गते ११:३९

विदेशस्थित नेपाली नियोगबाट अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाउन पाइने भएको छ । राहदानी विभागका अनुसार आइतवार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट सफलतापूर्वक उत्पादन भएको हो ।
विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागले जनाएको छ ।
विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ । शुरूको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ ।
विभागका अनुसार अन्य खाडी मुलुकहरू र मलेशियामा रहेका नेपाली नियोगहरूमा विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको छ । उक्त सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुने विभागले जनाएको छ ।
त्यस्तै यी बाहेकका अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा सञ्चालनमा आउने विभागको भनाइ छ ।
नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरू भइसकेको छ । अन्य जिल्लाहरूमा तीन वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदानको काम भइरहेको विभागको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *