सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट ध्वस्त

सौर्य आँधीका कारण इलोन मस्कको कम्पनी स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण स्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई असर पुगेको हो ।
स्पेस एक्सका मालिक इलोन मस्कले प्रक्षेपण गरेका ४९ मध्ये ४० वटा स्याटेलाइटहरूलाई भू–चुम्बकीय आँधीका कारण असर परेको हो ।
ती स्याटेलाइटहरू पृथ्वीको सतहबाट २१० किलोमिटर माथि छाडिएका थिए । यो आँधीले वायुमण्डललाई केही तताएको र अनुसन्धानकर्ताहरुले अनुमान लगाएभन्दा वायुमण्डल झन् सघन भएको थियो ।
स्पेस एक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट परियोजना अन्तर्गत यी स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो । मस्कले हजारौं स्याटेलाइटमार्फत् उच्च गतिको इन्टरनेट दिने उद्देश्यका साथ स्टारलिंक इन्टरनेट परियोजना सुरु गरेका हुन् ।
स्पेस एक्सले सन् २०१९ देखि स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ । यसमा सयौं स्याटेलाइटहरूलाई एउटा तारामण्डल जस्तो बनाएर उच्च गतिको इन्टरनेट सेवा पु¥याउने लक्ष्य राखिएको हो । हालसम्म १९ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट लन्च भएका छन् ।
आँधीले असर पारेका स्याटेलाइटहरू अस्थायी स्थानमा रहेको र कम्पनीलाई २० मिलियन डलरको क्षति भएको बताइएको छ । हरेक स्याटेलाइटहरू २६० किलोभन्दा कम तौल भएको बताइएको छ ।
यद्यपि स्पेस एक्सका ग्राउन्ड कन्ट्रोलरहरूले स्याटेलाइटलाई जोगाउन खोजेका थिए । आँधीका कारण वायुमण्डलमा पनि असर गरेपछि घर्षण बढ्दा स्याटेलाइटहरुलाई ‘सेफ मोड’मा पठाउन पाएनन् । जसका कारण स्याटेलाइट नियन्त्रणबाहिर गएपछि पृथ्वीमा खस्ने क्रममा ध्वस्त भएका हुन् ।
यो घटनाले अन्तरिक्ष क्षेत्रको चुनौती प्रस्टाएको छ । यूके स्पेस एजेन्सीका हेड अफ सर्भिलिएन्स ज्याकोब गिरले बीबीसीलाई भने,’यस्ता घटनाले अन्तरिक्षको चुनौती देखाएका छन् । पृथ्वीको कक्षमा स्याटेलाइट र अन्तरिक्षयात्री पु¥याउनु सजिलो छैन भन्ने देखिन्छ ।’
प्रतिक्रिया