काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा च्याम्पियन बनिसकेको रियल काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
काडिजको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा रियलले अंक बाड्नु परेको हो ।
खेलको पाँचौं मिनेटमा मारियानो डियाजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३७ औं मिनेटमा रुबेन सोब्रिनोले गोल गर्दै काडिजलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै शीर्ष स्थानको रियलले ३७ खेलमा ८५ अंक जोडेको छ । काडिज ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया