२०७९ चैत १६ गते | 30th of March 2023

चुनावअघि माओवादीसँग एकता हुदैन : माधव नेपाल

चुनावअघि माओवादीसँग एकता हुदैन : माधव नेपाल
Sanchar_np प्रकाशित: २०७९ भदौ ७ गते ९:५८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीलाई प्रतिकृया दिँदै अध्यक्ष नेपालले माओवादीसँग मिलेर जान प्रारम्भिक चरणको छलफल भएको मात्रै बताए ।

‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा प्रारम्भिक चरणको कुराकानी थालेका छौ’, अध्यक्ष नेपालले भने, ‘एकताको कुरा चुनावभन्दा पहिले सम्भव छैन ।’ उनले अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लड्ने पनि बताए ।

‘अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लडिन्छ’, अध्यक्ष नेपालको भनाइ छ । नेकपा समाजवादी र माओवादीले एउटै घोषणापत्र बनाएर चुनाव लड्ने तयारी गरेका छन् । चुनावअघि संयोजन समिति बनाउने तयारी गरेको अध्यक्ष नेपालको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *