२०८० मंसिर १५ गते | 1st of December 2023

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक होः नेता पौडेल

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक होः नेता पौडेल
g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ४:२०

चितवन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताउका हुन् ।

“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो ।

अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।

“सबै साथी खुला नै छन्, सभापति र अरु साथीहरु पनि खुला छन । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।” उनले भने, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिएका छन् । सल्लाह गरौला भनेका छन् । सल्लाह हुन्छ ।”

टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए। युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए ।

फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *