२०८० मंसिर १८ गते | 4th of December 2023

आज विश्व एड्स दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व एड्स दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ४:४४

काठमाण्डौ, आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ ।

एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ ।

सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *