२०८० मंसिर १५ गते | 1st of December 2023

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ५:०९

काठमाडौँ, लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ ।

सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो ।

लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरीएका हुन् ।

नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए।

“उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौँ”, लेखक सुवेदीले भने, “नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।”

कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यासजस्तै नरहेको समेत लेखक सुवेदीले प्रस्ट्याए ।

उनका अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको उनले बताए ।

विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गरेका थिए । उपन्यास ‘पल्पसा क्याफे’ अङ्ग्रेजी, कोरियन, फ्रेन्च र सिंहली भाषामा अनुवाद भइसकेको छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *