पेले अस्पताल भर्ना

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १५ गते ५:४०
काठमाडौं । ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् ।
८२ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् ।
पेलेका छोरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।
तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेलेको सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।
प्रतिक्रिया