२०८० मंसिर १५ गते | 1st of December 2023

२० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक

२० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ६:०८

नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले मंसिर १५ गतेदेखि मंसिर २९ गतेसम्म कुल १४ दिनका लागि रिपोमार्फत दुई सय करोड अर्थात् २० अर्ब रूपैयाँ पठाउने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म तरलता सुविधाका लागि राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलमार्फत जारी गरिने रिपोका लागि न्यूनतम् १० करोड रुपैयाँदेखि ५ ले भाग लाग्ने अंकसम्मका लागि दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बजारमा तरलता अभावका बेला रिपोमार्फत अल्पकालीन सापटिका रुपमा पैसा प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएका बेला रिभर्सरिपोमार्फत तरलता लिने गर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *