२०८० मंसिर १८ गते | 4th of December 2023

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, उडान प्रभावित हुने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ७:५६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि बिहीबार क्यालिब्रेसन उडान हुँदैछ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ ।

सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण बिहीबार उडानहरु प्रभावित हुन सक्ने उनले बताए ।

बुद्ध एयरका अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म हुने हुँदा उडानहरु प्रभावित हुने अवस्था छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *