२०८० मंसिर १८ गते | 4th of December 2023

दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु

दराजले थिचेर साढे दुई वर्षीया बालिकाको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ८:२६

दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएकी नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताए ।

दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ रहेको छ। -न्युज कारखाना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *