२०८० मंसिर १९ गते | 5th of December 2023

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ११:५२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको निधन भएको छ ।

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन सेट रहेका सिंहको बिहीबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको थियो ।

सिंह २०५९ सालदेखि २०६३ सम्म राखेपका सदस्य सचिव रहेका थिए । उनी ६ पटकको राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन हुन् । सिंहको श्रीमती र एक छोरी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *