२०८० मंसिर १८ गते | 4th of December 2023

जर्मनी नक आउट चरण पार गर्न असफल

जर्मनी नक आउट चरण पार गर्न असफल
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ०:३१

दोहा, समूह ई अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे पनि जर्मनी गोलअन्तरको आधारमा तेस्रो स्थानमा सीमित हुँदा जर्मनी नकआउट चरण पार गर्न असफल रह्यो।

अल बायट रंगशालामा सर्ज जिनाब्रीले १०औं मिनेटमा गरेको गोलसँगै जर्मनीले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको जर्मनीले ५८औं मिनेटमा गोल खाएको थियो।

येल्टसिन टेजेडाले गरेको गोलसँगै बराबरी गरेको कोस्टारिकाले ७०औं मिनेटमा २-१ अग्रता बनायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *