२०८० मंसिर १५ गते | 1st of December 2023

‘नेपथ्य सङ्गीतयात्रा’ को सम्पुर्ण तयारी पूरा

‘नेपथ्य सङ्गीतयात्रा’ को सम्पुर्ण तयारी पूरा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ०:४७

काठमडौ, मानवता प्रवर्द्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य व्याण्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० शहरमा हुन लागेको सङ्गीतयात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पूरा भएको छ ।

आश्रमले आज उक्त कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

सङ्गीतका माध्यमबाट मुलुकका सडकपेटीमा रहेका असक्त, असहाय तथा परिवारविहिन व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण एवं उनीहरूको पारिवारिक पुनर्मिलनका लागि आर्थिक स्रोत जुटाउन र मानवता प्रवर्द्धन गर्न यसपटक आश्रमले नेपथ्य व्याण्डसँग मिलेर सङ्गीतयात्रा आयोजना गरेको हो ।

उक्त सङ्गीतयात्रा मङ्सिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौंमा आएर समापन गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *