काठमाडौं, नेपाली चलचित्र ‘वीर विक्रम–२’लाई हिन्दी भाषामा डब गरेर सार्वजनिक गरिएको छ । पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब बिहीवार युट्युबमा सार्वजनिक गरिएको हो ।
मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘वीर विक्रम–२’ तीन वर्षअघि हलमा रिलिज भएको थियो ।
हलमा प्रदर्शनमा आइसकेको चलचित्रलाई हिन्दीमा डब गरेर युट्युबमा सार्वजनिक गरिएको हो ।
गत असोजमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’ हिन्दी डबका कारण थप चर्चामा थियो ।
प्रतिक्रिया