२०८० मंसिर १५ गते | 1st of December 2023

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा आंशिक बदली

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा आंशिक बदली
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते १:०८

काठमाडौं, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *