२०८० मंसिर १९ गते | 5th of December 2023

अनिश्चितकालका लागि निषेधाज्ञा जारी

अनिश्चितकालका लागि निषेधाज्ञा जारी
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते १:२२

धनगढी, ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धनगढीमा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासनले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं। १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।

बिहीबार हसनपुरको पीपलचौतारामा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा १४ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *