यू-१९ राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुदै

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १६ गते २:२५
काठमाडौं, यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार दुई खेलहरु हुँदैछन् ।कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
टियु मैदानमा हुने खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी समूह चरणको अन्तिम खेल जितेर सुखद अन्त्य गर्न चाहान्छ ।
मधेश भने ४ खेलमा अंक बिहिन रहेको छ । मुलपानीमा हुने खेलमा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशकोबीच खेल हुनेछ ।
प्रतियोगिताको फाईनलमा आफ्नो स्थान बनाउँन सुदुरलाई सामान्य जित पर्याप्त हुनेछ । बागमतीका लागि भने फराकिलो जित आवश्यक रहेको छ ।
दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया