२०८० मंसिर १९ गते | 5th of December 2023

स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ३:०७

वालिङ, स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उहाँ १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन् विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरेका छन् ।

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् ।

विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ ।

गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहनुभएको छ । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *