२०८० मंसिर १९ गते | 5th of December 2023

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने देश

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने देश
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ३:२०

काठमाडौं, भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ । विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।

अमेरिका लगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ति देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा १ खर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंकको भनाइ छ ।

पछिल्ला वर्षहरूमा भारतीयहरू अमेरिका, युके र सिंगापुर जस्ता विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् । रेमिट्यान्सको यो रकम भारतमा कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत बराबर हो ।

विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रकममा गत वर्ष भन्दा ५ प्रतिशतले वृद्धि हुँदा १ खर्ब डलर नाघेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *