एजेन्सी, टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको इहलास समाचार एजेन्सीले जनाएको छ ।
प्रान्तको येनिसेहिर सहरको युनुसेली विमानस्थलबाट दिउँसो ३ः४० मा उडान भरेपछि सोही प्रान्तको सहरको ओस्मान्गाजी जिल्लामा रहेको संयुक्त प्राकृतिक ग्यास चक्र पावर प्लान्ट नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रतिक्रिया