सैनिक युद्धमा १३ हजार युक्रेनीको मृत्यु

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १६ गते ४:३४
रुसले आक्रमण थालेयता १३ हजार युक्रेनी सैनिकको ज्यान गएको युक्रेनका उच्च अधिकारीले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० हजार देखि १३ हजार सैनिकको मृत्यु भएको जनाएका हुन्।
गएको जुनमा पोडोल्याकले एक सयदेखि दुई सय सैनिक दैनिकरूपमा मारिने गरेको बताएका थिए।
गएको महिना अमेरिकी उच्च सैनिक जनरल मार्क मिलीले करिब एक लाख रुसी तथा एक लाख युक्रेनी सैनिक युद्धको क्रममा मारिएको बताएका थिए।
गएको बुधबार युरोपियन युनियन कमिसनकी प्रमुख उर्सुला भोन डेर लियनले भिडियो सम्बोधनमार्फत् एक लाख युक्रेनी सैनिक मारिएको बताएकी थिइन्।
प्रतिक्रिया