काठमाण्डौ, आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मङ्सिर १ गते नै दिवस मनाइने गरिए पनि यसपालि चुनावका कारण आज मनाउन लागिएको हो ।
नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ ।
उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१र७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८र७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ ।
प्रतिक्रिया