२०८० मंसिर १८ गते | 4th of December 2023

हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ६:४२

काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।

घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *