२०८० मंसिर १८ गते | 4th of December 2023

गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान

गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ७:०९

गान्धीनगर, भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ ।

गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार सम्पन्न निर्वाचनमा ६० दशमलव ४७ प्रतिशत मत खसेको छ ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा नर्मदा जिल्लामा सबैभन्दा बढी ७३.०२ प्रतिशत मत खसेको छ भने तापीमा ७२.३२ प्रतिशत मत खसेको छ ।

तेस्रो सबैभन्दा बढी मतदान मोरबी ९६७.६५० मा भएको थियो भने सबैभन्दा कम परबानपुरमा ५३.८४ प्रतिशत मत खसेको छ ।

गुजरातको बिहीबारको मतदानपछि १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रका ७८८ उम्मेदवारको भाग्य मतपेटिकाभित्र कैँद भएको छ ।

मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक रहेका छन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका छन् ।

आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् ।

यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन् ।

कूल १४ हजार ३८२ मतदान केन्द्रमध्ये शहरी क्षेत्रमा तीन हजार ३११ र ग्रामीण क्षेत्रमा ११ हजार ७१ मतदान केन्द्र रहेका थिए ।

यहाँका प्रमुख दलका प्रभावशाली नेतामध्ये गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडियाबाट, आपका मुख्यमन्त्रीका उम्मेदवार इसुदन गढवी खम्भलियाबाट, पूर्व काङ्ग्रेस नेता तथा भाजपाका हार्दिक पटेल विरमगामबाट प्रतिस्पर्धा गरिरहनुभएको छ भने पूर्व काङ्ग्रेस नेता तथा भाजपाका उम्मेदवार अल्पेश ठाकोर गान्धीनगर दक्षिणबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।

पहिलो चरणमा एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष र एक करोड १५ लाख लाख ४२ हजार ८११ महिला मतदाता रहेका थिए । दोस्रो चरणको मतदान डिसेम्बर ५ मा हुनेछ भने परिणाम हिमाचल प्रदेशको चुनावसँगै डिसेम्बर ८ मा घोषणा गरिनेछ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *