२०८० मंसिर १९ गते | 5th of December 2023

सुदुरपश्चिम अपराजित रहदै फाईनलमा

सुदुरपश्चिम अपराजित रहदै फाईनलमा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ९:०८

काठमाडौं । राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश अपराजित रहदै फाईनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ ।

मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केहि ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो । बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा पुरा गरेको हो ।

सुदुरपश्चिमको जितमा कप्तान अनुराग सिंहले ४४ बलमा ६ चौकाको सहयोगमा अविजित ३९ रन बनाए ।

मिलन बोहोराले ३३ तथा गजेन्द्र बोहोराले अविजित १९ रन बनाए । दिपक बोहोराले १७ रन तथा दीपक बोहोराले १० रन बनाए ।

बागमतीका लागि रोसन विकले २ तथा प्रतिक श्रेष्ठले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुदै १ सय २४ रन बनाएको हो ।

बागमतीका लागि प्रतिक श्रेष्ठले ५० बलमा ४४ रनको ईनिङ खेले। रोशन विकले अविजित ३६ तथा सक्षम बस्ताकोटीले ३३ रन बनाए ।बागमतीका ७ खेलाडी डग आउट भए ।

बागमतीलाई कम रनमा रोक्न आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिएका थिए । यस संस्करणको प्रतियोगितामा नै पहिलो ह्याट्रिक लिएका चन्दले ५.४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिए ।

हेमन्त धामीले ३ तथा नरेन साउदले २ विकेट लिए । युवराज खत्रीको नाममा १ विकेट रह्यो । आजको खेलमा जित हात पारेको सुदुरपश्चिम अपराजित रहदै फाईनल पुगेको छ ।

पराजित बागमतीका लागि भने फाईनल पुग्न शनिबार हुने खेलमा लुम्बिनी पराजित हुन आवश्यक रहेको छ । सुदुरपश्चिम ६ खेलमा अपराजित रहदै १२ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।

बागमती भने ६ खेलमा ४ जित र २ हारका साथ ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *