२०८० मंसिर १५ गते | 1st of December 2023

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यक : निजी क्षेत्र
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ९:५४

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा अब मुलुकको नेतृत्वमा कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन । यही कारण समस्याग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार चुनौतिपूर्ण हुने देखिएको छ । यही सन्दर्भमा निजी क्षेत्रले दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यकता भएको बताएको छ ।

नयाँ सरकार बनाउँदा एक वा दुई भन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । अब बन्ने सरकारलाई धेरै चुनौतिहरु रहेका छन् । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने नेतृत्व आउँछ की आउँदैन ? भन्ने चासो निजी क्षेत्रलाई छ । संकटमा रहेको अर्थतन्त्र सुधार गरी मुलुकमा दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यकता भएको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् । निजी क्षेत्रले मुलुकमा बलियो स्थिर सरकार नभएका कारण आर्थिक समृद्धिमा मुलुक पछाडि परेको दाबी गरेको छ ।

निजी क्षेत्रले मुलुकमा छोटो समयमा धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिक परिवर्तनका एजेण्डालाई छोडेर आर्थिक समृद्धिको एजेण्डा साकार पार्ने नेतृत्व सरकारमा आउनुपर्ने बताएको छ ।

दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको नीजि क्षेत्रको भनाइ छ । अब बन्ने सरकार राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित बन्नुपर्ने नीजि क्षेत्रले सुझाव दिएका छन ।

निजी क्षेत्रले आगामी नयाँ सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर सबैभन्दा बढी नाफामुलुक उद्योग बनाउनसक्ने नेतृत्वको सरकार आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *