२०८० मंसिर १८ गते | 4th of December 2023

काठमाडौंमा एकैदिन ३८ सवारी साधन कारवाहीमा

काठमाडौंमा एकैदिन ३८ सवारी साधन कारवाहीमा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते १०:०८

काठमाडौं : काठमाडौंमा एकैदिन ३८ सवारी साधन कारवाहीमा परेका छन्। काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।

अत्याधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ वटा सवारी साधन कारवाही परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

बबरमहलमा ५४ वटा सवारी साधन चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन्। सवारी साधन मर्मतपछि तोकिएको जरिवाना तिरेपछि नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *