जर्मनीका म्यानुएल नुएर बने विश्वकपमा धेरै खेल्ने गोलकिपर

काठमाडौं । जर्मनीका म्यानुएल नुएर विश्वकप फुटकबलमा धेरै खेल खेल्ने गोलकिपर बनेका छन् ।
कतारमा भइरहेको २२औं फिफा विश्वकप अन्तर्गत बिहीबार राती कोस्टारिकाविरुद्ध उनले विश्वकपमा १९औं खेल खेले । जुन विश्वकपमा गोलकिपरले खेलेको धेरै खेल हो ।
जर्मनीका कप्तानसमेत रहेका ३६ वर्षीय नुएरले जर्मनीकै सेप माएर र ब्राजिलका क्लाउडियो टाफारेललाई पछि पारेका हुन् । माएर र टाफारेलले समान १८ खेल खेलेका थिए ।
मानुएल नोएले सन् २०१० को विश्वकपमा सेमिफाइनल पुग्दा ६ खेल खेलेका थिए भने सन् २०१४ मा उपाधि जित्दा ७ वटै खेल खेलेका थिए । यस्तै २०१८ मा ३ खेल खेलेका थिए ।
चार पटकको च्याम्पियन जर्मनी जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
समूह इमा जर्मनी पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा कोस्टारिकालाई ४–२ ले पराजित गर्दै स्पेन समान ४ अंक जोडे पनि जर्मनी गोलअन्तरमा पछि पर्दै तेस्रो भएको हो । जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह्य चरणबाटै बाहिरिएको हो ।
प्रतिक्रिया