बाजुरामा मतगणना पुनः सुरू

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १६ गते ११:३६
बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ। मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।
बाजुराको प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् । मतगणना नरोकिएको भन्दाअघि कांग्रेसका पाण्डेले १११२ मतले अग्रता बनाएका थिए । पाण्डेले ५ हजार १०६ मत पाउँदा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया