२०८० मंसिर १८ गते | 4th of December 2023

‘पासो’ हेर्न पशुपति शर्मा हलमा

‘पासो’ हेर्न पशुपति शर्मा हलमा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ०:४६

काठमाडौं, शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ‘पासो’ लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूले समेत हेरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं गीतकार रमेश बि।जी, गायकद्वय पशुपति शर्मा र रमेशराज भट्टराईले शुक्रवार राजधानीको सिभिल मलमा पुगेर रिस्ता बस्नेत अभिनित चलचित्र हेरेका हुन् ।

निर्माता भगवान भुजेलको निमन्त्रणामा हलमा पुगेका उनीहरूले बनिरहेका नेपाली चलचित्रहरू भन्दा ‘पासो’ फरक रहेको प्रतिक्रिया दिए ।

गायक शर्माले जिन्दगी जीउनका लागि कतिसम्म संघर्ष गर्नुपर्दो रहेछ भन्ने सन्देश चलचित्रले दिएको सञ्चारकर्मीमाझ सुनाए । उनले कलाकारहरूको अभिनयसमेत राम्रो रहेको बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *