विश्वकपः नकआउट चरणका खेलहरू आजबाट

काठमाडौं, विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । यता अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ ।
आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
प्रतिक्रिया